सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको नवदुर्गाको डोजरको आम्दानी ४४ हजार, खर्च ९ लाख

२०७९ साउन १५, ०२:१६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ०७८ सालको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो।

‘नवदुर्गा गाउँपालिकामा रहेको डोजरको मर्मत तथा इन्धनमा यो वर्ष कार्यालयले नौ लाख १७ हजार खर्च गरेको छ। तर डोजर भाडामा लगाएवापत कार्यालयले ४४ हजार मात्र आम्दानी गरेको छ। गाउँपालिकाद्वारा सञ्चालित योजनामा समेत यसको प्रयोग भएको पाइएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।, ‘कार्यालयले उपलब्ध मेशिनरीको अधिकतम प्रयोग गर्ने एवंम सरकारी रकम लगानी उचित प्रतिफलमा प्राप्त हुने गरी प्रयोग गर्न जरुरी छ।’

यस्तै नवदुर्गा गाउँपालिकाले ०७७ साल असोज १२ गते डोजर मर्मत वापतको ४१ हजार ६ सय भुक्तानी गर्दा सक्कल कर बिजक र भौचर समावेश नगरेको पनि पाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७६ को नियम ३७ (३) बमोजिम सरकारी रकम खर्च गर्दा खर्चको बिल भरपाइसहित लेखामा राख्नुपर्ने व्यवस्था छ। 

कमेन्ट लोड गर्नुस