सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व सङ्कलन

२०७९ साउन १५, ०१:५८ खबर संवाददाता

धनगढीः कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरेको छ। ११ अर्ब ८२ करोड ३९लाख १७ हजार लक्ष्य राखिएकोमा नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ। सङ्कलित यो राजश्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो। 

कार्यालयका अनुसार भन्सार महशुल तर्फ रु तीन अर्ब ५६करोड ५५ लाख ७८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख आठ हजार, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख ३६ हजार र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१लाख ३१ लाख २८ हजार राजस्व असुली भएको छ। सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि कर तर्फ रु तीन अर्ब १० करोड १५ लाख ७७ हजार, भन्सार महशुल तर्फ रु पाँच अर्ब २२करोड ४० लाख ६३ हजार, अन्तःशुल्क तर्फ रु २८करोड ७६लाख ६३१ र अन्य शीर्षक तर्फ रु तीन अर्ब २१ करोड छ लाख ४६हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो। 

लिइएको लक्ष्यमा गएको माघ महिनामा सबै भन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गएको साउन महिनामा ८९ दशमलब आठ प्रतिशत असुली भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस