सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लागुऔषधसहित ३ युवक पक्राउ 

२०७९ साउन १५, ११:३७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्। प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए।

अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागुऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको उनले बताए।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस