सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ४ सय ३८ जनामा कोरोना संक्रमण फेला 

२०७९ साउन १४, ०८:३८ खबर संवाददाता

काठमाडौँः देशभर ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६९९ नमुना परीक्षणमा ४३८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७७९ पीसीआरमा २९२ र १ हजार ९२० एन्टीजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ। 

२४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २४ घण्टामा ५८ हजार ५५९ जनाले खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस