सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाको गाउँ गएर मत माग्दै सागर

२०७९ साउन १४, ०८:२६ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै गृहजिल्लामा चुनाव लड्न कस्सिएका सागर ढकालले भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन्। केही दिनअघि मात्रै डडेल्धुरा पुगेका ढकालले त्यहाँका नागरिकहरूसँग भेटघाट बढाएका हुन्।

उनले चुनावी तयारीको अभियान देउवाको गाउँबाट गरेका सुरुवात गरेका छन्। देउवाको गाउँ रुवाखोला पुगेर सागर ढकाल मत माग्न थालेका छन्। देउवाको विपक्षमा उभिने घोषणा गरेका ढकालले शनिबार गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा देउवाका आफन्त तथा स्थानीयहरु मत मागेका हुन्।

५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका सागर ढकाल चर्चामा आएका थिए। ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।

कमेन्ट लोड गर्नुस