सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सुत्केरीको हेलिकप्टरमार्फत उद्दार

२०७९ साउन १४, ०३:२७ खबर संवाददाता

धनगढीः दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। लेकम गाउँपालिका २ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो। लेकम गाउँपालिका १ सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस