सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवाले आक्रमण गर्दा एकजना घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १४, ११:२७ खबर संवाददाता

धनगढी: बैतडीमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। शनिबार जिल्लाको मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द घाइते भएका हुन्।

आज बिहान चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको र उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ। चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो। चन्दको घाँटी र हातमा समान्य चोट लागेको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए।

कमेन्ट लोड गर्नुस