बैतडीको सिगासका अध्यक्षको एक वर्षको मोबाइल खर्च १ लाख २० हजार
तत्कालीन उपाध्यक्षको खर्च १ लाख
धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले एक वर्षमा १ लाख २० हजार मोबाइलमै खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अध्यक्ष धामीले मोबाइल खर्च शिर्षकमा १ लाख २० हजार रकम बुझेका हुन्। यस्तै तत्कालीन उपाध्यक्ष द्रोपति चन्दले मोबाइलमा १ लाख खर्च गरेको भन्दै रकम बुझेकी छन्।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन सार्वजनिक गरेको हो। यस्तै अध्यक्ष धामीले खानेपानी तथा बिजुलीको खर्चवापत ७० हजार लिएका छन् भने तत्कालीन उपाध्यक्ष चन्दले ६० लिएकी छन्।