सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीले एमबीबीएस पढ्न छात्रवृत्ति दिने

२०७९ साउन १३, ०३:३७ खबर संवाददाता

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न चाहनेहरुलाई छात्रवृत्तिमा पढाउने भएको छ। गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो।

‘एक गाउँ एक डाक्टर’ नीति अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिए। आवश्यक कागजातसहित ७ दिनभित्र योग्यता पुगेका इच्छुक डिलाशैनी गाउँपालिकावासीले सम्पर्क गर्न उनले अनुरोध गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस