कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ
२०७९ साउन १३, १२:३८
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय राकेश रावल रहेका छन्। बिहीबार राति बेलौरी नगरपालिका–६ मसानघाटबाट उनलाई ९ ग्राम ११ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनी सवार प्रदेश ०३–०२४ प ५१८७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ। त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस