सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत, १५ वर्षीय किशोर पक्राउ 

२०७९ साउन १२, ०८:५७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस