सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौलीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

२०७९ साउन ११, ०८:१९ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिकाले गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। मेलौलीमा रहेको एनसीसी बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका हुन्। 

भौगोलिक बिकटता र वर्षादको समयमा बैंकमा पुगेर भत्ता लिन असहज हुने भएकाले गाउँमै पुगेर भत्ता दिने व्यवस्था मिलाइएको मेलौली नगरपालिकाले जनाएको छ। वृद्धवृद्धा, असक्त, अपाङ्गहरूलाई भत्ता लिन असहज होस भन्ने उद्देश्यले यस्तो निर्णय गरेको बताइएको छ। गाउँमा नै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम भदौ ३ गतेसम्म जारी रहने छ। 

कमेन्ट लोड गर्नुस