कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७९/०३/३१ गतेको फैसलाले ६ महीना २८ दिन कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने प्रविण सिह रहेको प्रहरीले बताएको छ।
उनलाई मंगलबार भिमदत्त ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। उनलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।