सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिएसपी भट्टले सम्हाल्दै डडेल्धुरा प्रहरीको कमाण्ड 

२०७९ साउन ११, ०४:५६ खबर संवाददाता

डडेल्धुराः प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ। डडेल्धुरामा डिएसपी भट्टको काज सरुवा भएको हो। 

डिएसपी भट्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत थिए।  जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डिएसपी देवेन्द्र पालको एसपीमा बढुवा भएपछि भट्टको काज सरुवा भएको हो। सरुवापछि भट्ट डडेल्धुरा गएका हुन्।

भट्टसंग जिल्ला प्रहरी कार्यालय दार्चुला, वडा प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरमा नेतृत्व सम्हालेको अनुभव छ। उनी नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा अब्बल मानिन्छन्। 
 

कमेन्ट लोड गर्नुस