बझाङमा चरेस सहित होटेल सञ्चालक पक्राउ
२०७५ फाल्गुन १३, ०६:४१
बझाङमा चरेश सहित होटलका सञ्चालक पक्राउ परेका छन्। बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ३ गैरीगाँउ स्थायी घर भएका ३३ बर्षीय जयबहादुर विकलाई प्रहरीले २ सय ४५ ग्राम चरेश सहित पक्राउ गरेको हो। उनले सदरमुकाम चैनपुरमा होटल सञ्चालन गर्दै आएका थिए। उनले सञ्चालन गरेको होटलमा चरेस राखेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङ ल्याईएको छ। थप अनुसन्धान भईरहेको बझाङ प्रहरीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस