सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा खोलामा बगेकी बालिका मृत फेला 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन १०, ०२:४१ खबर संवाददाता

दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्। 

मंगलबार बिहान घाँस काटेर घर फर्कने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडालको शव फेला परेको हो। उनी  बगेको ठाउँबाट करिब एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। 

बेपत्ता बालिकासँगै रहेकी उनकी काकी अन्दाजी ३३ वर्षीया नन्दा बडाललाई स्थानीय उद्धार गरी अस्पताल पुगाएका थिए। उनको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए।    
 

कमेन्ट लोड गर्नुस