सुदूर नेपाललाई विश्वसँग जोड्दै

'के साँच्चिकै निर्मलाको हत्यारा पत्ता लागेकै हो ?'

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन १०, ०२:२८ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेकी सांसद गंगा चौधरीले निर्मला पन्थको बलात्कारपछि हत्या भएको ४ वर्ष सम्म पनि सरकारले अपराधी खोज्न नसकेको आरोप लगाएकी छन्।  मंगलबार  प्रतिनिधि सभाको  बैठकमा  चौधरीले सरकारले हत्यारा सार्वजनिक नगरेको बताएकी हुन्। 

'आज निर्मला पन्थको हत्या भएको ठिक ४ वर्ष भयो। पहिला यो सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो तर आज म त्यो आवाज खोजिरहेकी छु। के साँच्चिकै निर्मलाको हत्यारा पत्ता लागेकै हो ?'  उनले भनिन्। 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पूरा भएको छ। तर पन्तको हत्या प्रकरणमा प्रहरीले अझै पर्दा उघार्न सकेको छैन। भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो। 

कमेन्ट लोड गर्नुस