सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अव्यवस्थित विद्युतले दुर्घटनाको जोखिम 

२०७९ साउन ९, ०४:२४ खबर संवाददाता

बैतडी: बैतडीमा अव्यवस्थित विद्युत प्रसारण लाइनले दुर्घटनाको जोखिम बढाएको छ। विद्युत विस्तारका क्रममा विद्युतिय पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू परिपक्क तवरले नतान्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको हो। 

विद्युत् विस्तारमा ठेकेदारले ठुलो लापरबाही गरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्। विद्युतका खम्बाहरूलाई दिइने सपोट पनि परिपक्क नहुने स्थानीयले आरोप लगाएका छन्। 

जिल्लाका विभिन्न स्थानमा विद्युतका खम्बाहरु ढलेको र यसको व्यवस्थापन तर्फ कसैले ध्यान नदिएको स्थानीयको आरोप छ। अहिले पनि सडक छेउमा आधा ढल्किएका खम्बाहरुबाट नै विद्युत प्रवाह भइरहेको छ। 

मेलौली, सिगासलगाएतका स्थानहरुमा यस्तो अवस्था रहेको र यो क्षेत्रका लागि ठेक्का प्रक्रिया भइरहेको विद्युत कार्यालय बैतडीका प्रमुख पवन भट्टले बताए। ठेकेदारले विद्युत् विस्तारमा लापरबाही गरेमा कारबाही गरिने उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस