सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए

२०७९ साउन ८, ०५:१६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ३४७ जनामा कोरोना पुष्टि भएको छ। २३६० जनाको पीसीआर र १५२८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ३०३ र ४४ जनामा संक्रमण पुष्टि भएको हाे।

कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गरिएको थियो। यसअवधिमा ९५ जनामा संक्रमणमुक्त भएका छन्। यसअवधिमा थप २ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ रहेको छ।

कमेन्ट लोड गर्नुस