सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासका अध्यक्षले एक वर्षमा १ लाखका पत्रिका पढे 

२०७९ साउन ८, ०५:१० खबर संवाददाता

धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले एक वर्षमा १ लाखका पुस्तक र पत्रिका पढेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अध्यक्ष धामीले पुस्तक र पत्रिका शिर्षकमा एक लाख रकम बुझेका हुन्। यस्तै तत्कालीन उपाध्यक्ष द्रोपति चन्दले पुस्तक र पत्रिकाका लागि ९० हजार रकम बुझेकी छन्। 

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन सार्वजनिक गरेको हो। यस्तै अध्यक्ष धामीले चाडपर्व खर्चवापत २५ हजार लिएका छन् भने तत्कालीन उपाध्यक्ष चन्दले २२ हजार ५ सय लिएकी छन्। 
 

कमेन्ट लोड गर्नुस