धनगढीको नोभा अस्पतालले सिद्धार्थ बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने
धनगढी: धनगढीको नोभा अस्पतालले सिद्धार्थ बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। शुक्रबार नोभा अस्पताल र सिद्धार्थ बैंकबिच उक्त सम्झौता भएको हो।
बैंकका ग्राहकले अस्पतालले दिने स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने अस्पतालकी कार्यकारी निर्देशन सुमन पनेरुले बताइन्।
सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ओपिडी सेवामा २० प्रतिशत, ल्याव, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोस्कोपी, ईसिजी, बेड शूल्क, आइसीयू र अप्रेसन चार्जमा १० प्रतिशत छुट र फार्मेसी सेवामा ५ प्रतिशत छुट आउने सिद्धार्थ बैंक धनगढी क्याम्पस चोक शाखाका प्रमुख योगेन्द्र भण्डारीले बताए।