सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ 

२०७९ साउन ५, ०८:५८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित ३ भारतीय नागरिक पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीबाट भारतको लखिमपुर पलियाका २८ वर्षीय सुमित गुप्ता,  सोही ठाउँ बस्ने २४ वर्षीय लबी गुप्ता र सोही ठाउँका २७ को बबी महेन्द्रुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 

उनीहरुको साथबाट ७८.३७ ग्राम खैरो हेरोइन र भारतीय रुपैयाँ १५ हजार बरामद गरिएको प्रहरीले बताएको छ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस