सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिममा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको हो।
निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा १८२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ४ जना र सेतीमा ११ नमूनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ।