देशभर ३९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंः पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन।
सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन्। हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको छ।