सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्जिनियर्स एसोसिएशनद्वारा विपद् जोखिम न्यूनिकरणमा प्राविधिकको भूमिका विषयक अन्तरक्रिया

२०७९ साउन ३, ०६:२४ खबर संवाददाता

डडेल्धुरा: इन्जिनियर्स एसोसिएशन सुदूरपश्चिम प्रदेश कमिटीले विपद् जोखिम न्यूनिकरणमा प्राविधिकको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ। ६०औं इन्जिनियर्स दिवसको अवसरमा कमिटीले डडेल्धुराको महेन्द्र माविमा अध्ययनरत प्राविधिक धारका विद्यार्थीसँग उक्त अन्तरक्रिया गरेको हो। 

कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीलाई भूकम्प प्रतिरोधी भवन निर्माण तथा गुणस्तरीय निर्माण सामग्रीको बारेमा जानकारी दिइएको एसोसिएशनका कोषाध्यक्ष वीरबहादुर भाटले बताए।  अन्तरक्रियामा महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्र ऐर सभापति रहेका थिए भने प्रमुख अतिथिमा एसोसिएशनका कोषाध्यक्ष वीरबहादुर भाट रहेका थिए। यस्तै एसोसिएशनका प्रदेश सदस्य गोविन्द भट्ट, इन्जिनियर दिनेश जोशी र टेकबहादुर विष्ट कार्यक्रमका अतिथि रहेका थिए। कार्यक्रम सञ्चालन सुरेन्द्र भट्टले गरेका थिए। 

कमेन्ट लोड गर्नुस