बैतडी अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया
बैतडीः जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिलाको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो।
डाक्टर धीरज जायसवाल, डाक्टर दिपेश श्रेष्ठ, डाक्टर रोशन चौधरी, डाक्टर हिरा जोशी, डाक्टर चैतन्य जोशी र डाक्टर थानेश्वर न्यौपानेलगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताए।