दार्चुलामा एक महिला मृत फेला
धनगढी: दार्चुलामा एक महिला मृत फेला परेकी छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने २० वर्षीया रोशनी महरा मृत फेला परेकी हुन्।
सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी विवाहित हुन्। महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन्। घटनाको थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।