बाजुराको बडीमालिकाले करार कर्मचारीको अवधि थप्यो
बाजुरा: बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ। कार्यपालिकाको निर्णय अनुसार १ सय २० कर्मचारीको अवधि थप गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन्।
साउन १ देखि लागू हुनेगरी नगरपालिकाको कार्यालय र विभिन्न वडामा कार्यरत सबै करार कर्मचारीको अवधि ३ महिना थप गरेको नगर प्रमुख अमर खड्काले बताए। देशभरका कतिपय स्थानीय तहमा विगतका वर्षदेखि कार्यरत करार कर्मचारीको म्याद थपिएको छैन।