धनगढीमा अब सय रुपियाँमै खाना पाइने
धनगढीः धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ। युवा व्यवसायी विष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।
ग्राहकहरूलाई सस्तो, सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए। उनले सो रेस्टुरेन्टमा इन्डियन, चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको बताए।
जम्मा सय रुपैयाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ। लामो समय होटेल व्यवसायमा काम गरेका खनालले अहिले आफै रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।