सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमाला–खैराला सडकको निर्माण अलपत्र

२०७५ फाल्गुन १२, १०:२२ कमल सावद

कैलालीको चौमाला–खैराला सडक निर्माणको कार्य अलपत्र भएको छ। कैलालीको विकट पहाडी गाँउपालिका चुरेको गर्भा क्षेत्रलाई तराईसंग सडक सञ्जालले जोड्ने लक्ष्य सहित सुरु भएको सडक निर्माण कार्य अलपत्र परेको हो। गाँउपालिकाले सडक निर्माणका लागि टेण्डर आह्वान गर्न सकेको छैन् भने, अन्य सरोकारवाला निकायहरुले बेवास्था गरेका छन्। सडक निर्माण सुरु भएको १० बर्ष बढी भएको छ। तर १८ किलोमिटर मात्र सडकको ट्रयाक खोलिएको छ।
सडक निर्माणमा भएको ढिलाईले चुरे गाँउपालिकाका वडा नम्बर २ र ४ का बासिन्दाले हिंडेर तराई झर्नु पर्ने बाध्यता अझै कायमै छ। उनीहरुले दैनीक उपभोग्य सामान पनि तराईबाट लिनुपर्ने हुन्छ। डोकोमा दैनीक उपभोग्य बस्तु बोक्नु पर्ने खैराला (गर्वा) क्षेत्रका जनताको बाध्यता छ। सडक निर्माणका लागि आवश्यक बजेट नहुनु, भएको बजेटको पनि सदुपयोग नभएको कारण खैराला जोड्ने सडक निर्माणको काम नसकिएको हो। खैरालाका स्थानीयले २०६५ साल तीर सडक निर्माणको काम शुरु भएको स्थानीयले बताएका छन्। चुरेको गर्भादेखि गौरीगंगाको चौमालासम्म २६ किलोमिटरको हाराहारीको सडकमा १८ किलोमिटर मात्र काम भएको छ। त्यो पनि सानो सडकका कारण पनि सवारी सधान चलाउन समस्या हुने गरेको चौमालाका कमलराज गिरीले बताए।

सडकमा साना गाडीहरु सञ्चालन छन्। तर बर्षातको समयमा सडक बन्द हुने गर्दछ। सडकमा रहेका ढुङ्गाले यातायातका साधन सञ्चालनमा पनि समस्या रहेको छ। साविक जिल्ला विकास समिति र गाविसले बर्षेनी कम बजेट मात्र सडक निर्माणका लागि विनियोजन गर्दा सडकको निर्माणको काम पूर्ण नभएको हो। चुरे गाँउपालिकाले चौमाला–खैराला सडक सफाईका लागि भन्दै ५ लाख लगानी गरेको थियो। तर सडकको अवस्थामा सुदार आएको छैन्। सडकमा जीप सञ्चालन गर्न पनि मुस्कील रहेको चुरेगाँउपालिका वडा नम्बर २ का अध्यक्ष तारा सिँह साउँदले बताए। उनले ५० लाख गाँउपालिका र ३८ लाख वडा नम्बर ४ को कार्यालयले सडक निर्माणका लागि वजेट बिनियोजग गरेको बताए । तर सडक निर्माणको ठेक्का भएको छैन्। 

प्रतिनिधि सभा सदस्य लेखराज भट्टले निर्वाचनको समयमा यो सडक निर्माणको कार्यलाई तिव्रता दिने बताएका थिए। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित पुर्व मन्त्री समेत रहेका भट्टले  निर्वाचन खोषणा पत्रमा यो सडकलाई प्रथामिक्ता दिएको बताएका छन्। तर सडक निर्माणको काम अलपत्र हुँदा पनि कुनै वास्ता गरिएको छैन्। उनले गौरीगंगा रिंगरोड, चौमाला–खैराला सडक र तालबन्द मोहन्याल जोड्ने सडक निर्माणलाई अगाढी बढाउने घोषण पत्रमा भनेका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस