ग्रामीण क्षेत्रमा बिमाको पहुँच विस्तारमा गर्नुपर्छ : रक्षामन्त्री
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु¥याउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव कार्यक्रममा उनले “ग्रामीण जनसमुदायमा बिमाको पहुँच अत्यन्त न्यून रहेको र अब बिमा कम्पनीहरूले ती ठाउँमा पहुँच पु¥याउने काम गर्नुपर्ने बताएका छन्।” उनले प्रतिस्पर्धी बन्दै गएका बिमाका योजनालाई समय सुहाउँदो बनाउँदै बिमा कम्पनिहरु सामु संस्थानले आफूलाई प्रतिस्पर्धीरूपमा उतार्नुपर्ने आवश्यकता औंल्याए। नेपालको बिमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकूल प्रविधिको विकास, संगठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रन आग्रह गरेका छन्।