सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साइकलयात्रीलाई ठक्कर दिई मोटरसाइकल चालक फरार

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १, ०९:३१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा साइकलयात्रीलाई ठक्कर दिई मोटरसाइकल चालक फरार भएका छन्। जिल्लाको बेलौरी नगरपालिका-५ मैनाहामा नम्बर नखुलेको मोटरसाइकलले साइकलयात्री सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीलाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार शनिबार भुराकोटबाट मैनाहा जाँदै गरेका उनलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट चौधरी र उनका अन्दाजी ७ वर्षीय छोरा घाइते भएका प्रहरीले बताएको छ।

चौधरीको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनका छोरालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य भइरहेको बताइको छ। 

कमेन्ट लोड गर्नुस