घोडाघोडी नगरपालिकाको सिस्ने जङ्गलका पशुचौपायालाई वनखेती सारियो
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ सिस्ने जङ्गलको गौशलामा राखिएका सामुदायिक पशुलाई वडा नम्बर ४ को वनखेत सारिएको छ। चिसोका कारण सिस्ने जङ्गलमा पशु मर्न थालेपछि वनखेतमा तीन बिगाह क्षेत्रमा गौशाला निर्माणको तयारी भईरहेको छ। सोही स्थानमा शुक्रबार पशुलाई स्तान्तण गरिएको हो। पशुअधिकारका क्षेत्रमा क्रियाशिल स्नेहा द केयरको सहकार्यमा वनखेतमा गौशला निर्माणको तयारी भईरहेको छ। स्नेहा द केयरकी सञ्चालीका स्नेहा श्रेष्ठले गौशालाको स्टमेट निर्माण गरेर ८/१० ओटा गौशालाका भवन निर्माण हुने दिनेश खबरलाई जानकारी दिईन्।
अहिले पशुलाई बचाउनका लागि बन्दागोपी, पराल, औषधी उपचारको व्यवस्था गरिएको छ। व्यवस्थीत गौशाला निर्माणको प्रक्रियामा हामी लागेका छौ, अझै समय लाग्ने देखिएको छ, उनले भनिन्। २२/२३ ट्रली पराल खरिद गरिएको छ भने पशु चिकित्सकले पनि पशुचौयाको हेरचाह गरिरहेका छन्।
नयाँ गौशाला निर्माणको काम सुरु भएपनि पशु मर्ने क्रम भने रोकिएको छैन्। हेरालु लालसिँह धामीले २ सय ५० पशुलाई वनखेत गाँउ ल्याइएको बताए। तर पशुअधिकारका क्षेत्रमा क्रियाशिल स्नेहा द केयरले भने एक सय ७० ओटा मात्र सामुदायिक पशुलाई शुक्रबार स्तान्तरण गरिएको बताए। सिस्ने जङ्गलमा रहेका पशुचौपाया सारै कम्जोर भएकाले मर्ने क्रम नरोकिएको हो। नगरपालिकाले चिसोको समयमा पशुचौपायाको आहार, पानी तथा बासको उचित व्यवस्थापन गर्न नसकेका करण पशुचौपाया मरेको थिए।