आज २०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंः आज २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ। शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ।
संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये १७ जना आईसीयूमा छन् ने एक जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा छन्। बागमतीमा एक हजार ५२, प्रदेश १ मा ७१, मधेशमा ६८, गण्डकीमा ६०, लुम्बिनीमा ४५, सुदूरपश्चिममा ३६ र कर्णालीमा १२ जजना संक्रमित होम आइसोलेसनमा छन्। बागमतीमा ३४ जना, प्रदेश १ मा ५, मधेश र लुम्बिनीमा १/१ जना होम आइसोलेसनमा छन्।