जनगुनासो सुन्न बाजुराको बुढीनन्दामा ‘हेलो मेयर’ कार्यक्रम
धनगढीः बाजुराको बुढीनन्दा नगरपालिकामा जनगुनासो सुनुवाइका लागि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरिएको छ। नगरबासीले प्रत्यक्ष नगर प्रमुखसँग आफ्ना समस्या र गुनासा सुनाउन सक्ने गरी सेवा सञ्चालन गरिएको हो। नागरिकले फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्थापनसहित सेवा बुधबारदेखि नियमित सञ्चालनमा आएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिए। सेवाको नगर प्रमुख बोहराले नै औपचारिक शुभारम्भ गरेका थिए
हेलो मेयर कार्यक्रमका लागि १६६०९७५४००२ फोन फ्री नम्बर तय गरिएको छ। पालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवा प्रभाव, उपभोक्ताको काम प्राकृतिक प्रकोप तथा विपद् सबै प्रकारका घटना हेलो मेयर कार्यक्रमअन्तर्गत संकलन गरी सुनुवाइ गरिने नगरपालिकाले जनाएको छ।