दार्चुलाको शैल्यशिखरमा करारका कर्मचारीको अवधि नथपिने
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि नथपिने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै करारका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ।
नगरपालिका भित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, कृषि शाखा, पशु विकास शाखा, कृषि विकास शाखा, आयुर्वेद शाखा र नगरकार्यपालिका कार्यालयमा कार्यरत करारका कर्मचारीको म्याद नथपिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नगरकार्यपालिकाको यही असार १६ गते बसेको बैठकले करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेकाले सोही अनुसार कार्यान्वयन गराउन नगरपालिकाले आग्रह गरेको हो।