सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दिनदहाडै लुटपाट

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार ३०, ११:१४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ। 
घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए। 

कमेन्ट लोड गर्नुस