सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले महाकालीमा लगाएको अस्थायी बाँध हटाउँदै

२०७९ असार २८, ०५:२१ खबर संवाददाता

दार्चुला: भारतले महाकाली नदीमा लगाएको अस्थायी बाँध हटाउने भएको छ। गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी तारजालीसहितको पर्खाल लगाएको थियो। 

तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी बाँध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिस चौहानले ठेकेदारलाई निर्देशन दिएका हुन्। 

आइतबार उक्त बाँध हटाउनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो।  भारतले एकतर्फी रुपमा नदीको बहाव नेपालतर्फ फर्काउन बाँध बाँधेको भन्दै खलंगा, बांगाबगडका स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई ज्ञापन बुझाएका थिए।

कमेन्ट लोड गर्नुस