सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्सेकद्वारा आमाबुबा गुमाएका बालिकालाई आर्थिक सहयोग

२०७९ असार २८, ०२:३१ खबर संवाददाता

दार्चुला: अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले आमा बुबा गुमाएका एक बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । इन्सेकले शैल्यशिखर नगरपालिका–१, बारिलका गौमती खडायतलाई मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको हो। 

इन्सेक दार्चुलाले पीडित बालिकालाई न्यायका लागि सहयोग पुगोस् भन्दै १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जानकारी दिनुभयो । जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेक धनगढीले आर्थिक सहयोग उपलब्ध गराएको थियो।

गत जेठ २५ गते अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्यापछि गौमति बेसहारा बनेका छन् । बुबा केशव खडायतको सात वर्षअघि मृत्यु भएको हो। आमा बुवा नभएपछि घरमा सहारा भनेको एक जना दाई मात्रै छन्।  

दाई परमानन्द खडायत र बहिन सरस्वती खडायत गरी ३ जना मात्रै छन् । दाईले भारतमा मजदुरी गरेर ल्याएको पैसाले अहिलेसम्म घर चलाएको भए पनि आमाको हत्यापछि दाई भारत जान नसकेपछि आर्थिक समस्यामा परेको गौमतिले सुनाउनुभयो । गौमति कृष्ण मावि बलाँचमा कक्षा १० मा अध्ययनरत छन भने बहिनी सरस्वती लटिनाथ आधारभूत विद्यालय बारिलमा कक्षा ८मा पढ्छन्। दुइ बहिनीको खर्च चलाउन धौधौ भएपछि पीष्तिले गत असार ५ गते इन्सेक दार्चुलालाई सहयोगको लागि निवेदन दिएका थिए।

कमेन्ट लोड गर्नुस