सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी भएर बग्ने नदीहरुमा बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह 

२०७९ असार २८, ०९:३५ खबर संवाददाता

धनगढी: बैतडी भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बैतडी भएर बग्ने स–साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिएको हो।

बैतडीसहित दार्चुला र बझाङ भएर बग्ने नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। महाकाली नदीमा समेत जलस्तर बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका नागरिकलाई आग्रह गरिएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी आसपास नजान र आवश्यक सतर्कता अपाउन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस