सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा अपडेट : ७ हजार ४१७ मत गन्दा एमालेको अग्रता कायमै

२०७९ असार २६, ०९:०१ खबर संवाददाता

धनगढी: बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ ३८८१ मतका साथ अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खाती ३१०१ मत ल्याउँदै बानियाँलाई पछ्याइरहेका छन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँर ३७५३ मत ल्याउँदै अगाडि छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३१५३ मत ल्याएकी छिन्। नगरपालिकाको मतगणना जारी नै छ। अहिलेसम्म ७ हजार ४१७ मत गणना भएको बताइएको छ। १० ओटा वडा रहेको नगरपालिकाको ८ ओटा वडाको मत गणना सकिएको छ।

बुढीगंगाको वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को मत गणना सकिएको हो। वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ भने ४, ७ र ८ मा काँग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ५ र ६ को मत गणना भइरहेको छ। निर्वाचन कार्यलय बाजुराका अनुसार ११ बजेभित्र पुरै मतपरिणाम आइसक्नेछ।


 

कमेन्ट लोड गर्नुस