सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा अपडेटः आधा मत गणना सम्पन्न हुँदा एमालेले ३ हजार कटायो

२०७९ असार २५, ०५:१५ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले ३०१३ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १६७५ मत ल्याएकी छिन्।

अहिलेसम्म ४ हजार ९ सय ६५ मत गणना भएको बताइएको छ। अहिलेसम्म मत गणना सकिएका चार वटा वडा एमालेले जितेको छ। अहिले वडानम्बर ८ र ३ को गणना जारी छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो। 

कमेन्ट लोड गर्नुस