बुढीगंगा अपडेटः ३ हजार ९६२ गन्दा दोब्बर मतले एमाले अगाडि, कसको मत कति ?
धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २,४४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १,२९१ मत पाएका छन्।
यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १,३१२ मत ल्याएकी छिन्। अहिलेसम्म ३ हजार ९६२ मत गणना भएको बताइएको छ। अहिलेसम्म चार वटा वडा एमालेले जितेको छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।