सुदूर नेपाललाई विश्वसँग जोड्दै

आबेको निधनमा भारतमा राष्ट्रिय शोकको घोषणा

२०७९ असार २५, ०६:१५

एजेन्सी: जापानका पूर्वप्रधानमन्त्री सिन्जो​ आबेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। 

सिन्जो​ आबेको सम्झनामा प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा पीएम मोदीले लेखेका छन्, 'मेरो एक प्रिय मित्र शिन्जो आबेको दुखद निधनले म स्तब्ध र दुःखी छु। उहाँ एक महान वैश्विक राजनीतिज्ञ, एक प्रतिभाशाली नेता र एक उल्लेखनीय प्रशासक हुनुहुन्थ्यो। उहाँले जापान र विश्वलाई एक राम्रो ठाउँ बनाउन आफ्नो जीवन समर्पित गर्नुभयो।' प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्जो​ आबेलाई लामो समयदेखि चिनेको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, 'सिन्जो​ आबेसँगको मेरो सम्बन्ध धेरै वर्ष पुरानो हो। मैले उहाँलाई गुजरातको मुख्यमन्त्रीको रूपमा मेरो कार्यकालमा चिनेको थिएँ र म प्रधानमन्त्री भएपछि पनि हाम्रो मित्रता जारी रह्यो। अर्थतन्त्र र विश्वव्यापी मामिलामा उहाँको बुझाइले मलाई गहिरो छाप छोड्यो।' जापानका पूर्वप्रधानमन्त्री सिन्जो​ आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको थियो। 

कमेन्ट लोड गर्नुस