डोटीको सेती नदी किनारमा महिलाको शव फेला
२०७९ असार २४, ०६:५०
डोटी: डोटीको सेती नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० बान्डुग्रीसैनस्थित सेती नदी किनारमा अन्दाजी ३६ वर्षिया महिलाको शव फेला परेको हो।
हाल उनको नाम, थर वतन नखुनेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रबार बिहान साढे १० वजेको समयमा उक्त शव फेला परेको र यस सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस