सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक भारतीय मृत फेला 

२०७९ असार २४, ०६:३३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक जना भारतीय  मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका १ जिरो प्वाईन्टस्थित महाकाली नदी बिच भागमा एक जनाको शव फेला परेको हो।

भारत चम्पावत बस्ने ५५ वर्षीय शंकर पाठक शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस