सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७९ असार २४, ०१:११ खबर संवाददाता

धनगढीः पोखरीमा डुबेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ। बिहीबार बेलुका बडिमालिका नगरपालिका-६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो। 

प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा उनी साथीहरुसँग नुहाउँने क्रममा डुबेकी थिइन्। पोखरीमा डुबेपछि गाउँलेले त्यहाँबाट केही समयमै निकालेका थिए। निकालेको केहीबेरमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। 

कमेन्ट लोड गर्नुस