सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई दलियो कालोमोसो

२०७९ असार २४, १२:१० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्। बिहीबार राति जिल्लाको आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई नेकपा बहुमत डडेल्धुराले कालोमोसो दलेको हो।

कृते कागज गरेर समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस