बाजुराको बुढीगंगामा मतगणना सुरु हुँदै
धनगढी: बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदैछ। बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणना आज ११ बजेबाट सुरु हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बिहान साढे नौ बजेतिर सर्वदलीय बैठक बसेको र ११ बजेबाट मतगणना सुरु गरिने भएको बताइएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको थियो। जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीका अनुसार पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ।