सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा नम्बर ८ मा नाली निर्माण नहुँदा समस्या

२०७५ फाल्गुन १०, ११:४१ रोशन भट्ट

धनगढी उप–महागरपालिका भरी प्रायः सबै टोलमा सडक सञ्जाल पुगेको छ। तर सडकले अधिकांश ठाउँमा पुर्णता पाउन सकेको छैन। कतै सामान्य बाटो मात्र पुगेको छ भने कतिपय ठाउँमा ग्राबेल हालेर छोडेको छ त कतिपय स्थानमा कालोपत्रे गर्न बाँकी रहेको छ। यो समस्या धनगढी उप–महानगरपालिका भरिको नै हो। तर वडा नम्बर ८ को शुभकामना टोलमा सडक निर्माण भएको वर्षौ भईसक्यो नाली निर्माणको भने कुनै अत्तोपत्तो छैन। नाली निर्माण नहुँदा समस्या हुने गरेको   स्थानीय वासिन्दा धनीराम रानाले बताए। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८ को शुभकामना टोलमा ढल निकासको व्यवस्था हुन सकेको छैन। सडक निमार्ण गरेर सुचारु भएको वर्षौ भएपनि ढल निकासको लागि उचित व्यवस्था हुन नसकेको हो। स्थानीयले सरोकारवालालाई ढल निकासको व्यवस्था गर्न अनुरोध गरेपनि कसैले वास्ता नगरेको आरोप स्थानीयको छ। टोल वस्ती बाट निस्केको फोहर तथा पानीको उचित निकास नहुँदा टोल भरी नै दुगन्र्ध फैलिएको छ भने पानी बाटोमा आउने गरेकाले आवतजावतमा पनि समस्या हुने गरेको छ। 

वर्षौ अगाडी निर्माण गरिएको बाटोमा नाली निर्माण नहुँदा सरोकारवालाप्रति स्थानीय निराश रहेका छन्। तर नगरपालिका तथा अन्य सरोकारवाला निकायले नाली निर्माण गर्नमा भने कुनै चासो देखाएको छैन। सडक निर्माण भएको वर्षौ हुँदा पनि नाली निर्माण हुन नसकेको हो। स्थानीयले नगरपालिका तथा सरोकारवालालाई पटक पटक आग्रह गरेपनि नाली निर्माणमा कसैले वास्ता गरेको छैन। टोल भरी सडक सञ्जाल पुगेको छ भने सडक कालोपत्रे पनि भएको छ। तर नाली निर्माण नहँुदा टोलबाट निस्केको फोहोर पानीको उचित निकास नहुँदा पानी सडकमै बग्ने गरेको छ भने टोल नै दुर्गन्धित हुदै गएको छ। 

नाली निर्माण नभएको तर सडक अग्लो स्थानमा भएकाले पनि आवतजावतमा समस्या हुने गरेको स्थानीय सदानन्द रानाले बताए। पछिल्लो समय नगरपालिकाले प्रत्येक टोलको आवश्यक विकास गर्नको लागि वजेट विनियोजन गरेर काम अगाडी बढाउने भनेर तयारी गरिरहेको छ। वडा नम्बर ८ मा पनि नाली निर्माण गर्ने भन्दै नाप नक्सा समेत गरेको लामो समय भईसकेको छ। तर काम सुरु गर्न भने ढिलाई गरिरहेको छ। वडा नम्बर ८ मा रहेको शुभकामना टोलमा वस्ती पनि वाक्लो भएकाले घरबाट धेरै नै फोहोर पानी निस्कने गर्छ तर नाली नहुदा पानीको पनि निकास हुन सकेको छैन। स्थानीय तहको निर्वाचनमा जन प्रतिनिधिहरुले टोल वस्तीमा रहेका सबै समस्याको समाधान गर्ने नारा लगाएका थिए । तर जन प्रतिनिधी आएको डेढ वर्ष भन्दा बढी हुदा पनि कुनै परिवर्तन  देखिएको छैन। त्यसैले स्थानीय नगरवासीहरु जन प्रतिनिधिको आश्वासन पुरा हुनेमा शंका गर्न लागेका छन।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस